बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो (विवरणसहित)
बिहीबार, ०४ कात्तिक २०७८, २० : १४
आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण १०४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको छ । यस्तै २० जना घाइते र १३ जना बेपत्ता छन् ।
यसैगरी प्रदेश २ मा १ जना बेपत्ता हुँदा बागमतीमा प्रदेशमा १ को मृत्यु १ जना बेपत्ता भएका छन् । यसैगरी लुम्बिनीमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् भने कर्णालीमा ७ को मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता छन् ।
यसैगरी सुदूरपश्चिममा ३१ जनाले बाढी पहिरोबाट ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् । यस्तै २३ जना अझै बेपत्ता छन् । हालसम्म कुल घाइते ४१ र बेपत्ता पनि ४१ जना नै रहेका छन् । प्रहरीले प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि