प्रभासले १९ वर्षको करियरमा ‘बाहुबली’ लाई मात्रै दिएका थिए ५ वर्ष
‘बाहुबली’ स्टार प्रभासले फिल्म क्षेत्रमा १८ वर्ष पूरा गरेका छन् । ४२ वर्षको उमेरमा प्रभासले दर्जनौँ सुपरहिट फिल्ममा काम गरेका छन् । उनले ‘बाहुबली’ को पहिलो र दोस्रो सीक्वलका लागि मात्रै ५ वर्ष मेहनत गरेका थिए । उनले राजमौली र बाहुबलीका लागि ७ वर्ष पनि दिन तयार भएको बताउँदै आएका छन् । प्रभासले सन् २००२ बाट फिल्ममा आफ्नो करियरको सुरुवात गरेका थिए । उनले पहिलो फिल्म सन् २००२ मा ‘ईश्वर’ नामक तेलुगु भाषामा रहेको छ । तर, उनले उक्त फिल्मबाट खासै पहिचान बनाउन सकेनन् । उनले सन् २००४ मा खेलेको ‘वर्षम’ ले भने उनलाई हिरो बनाउन सफल भयो । उनले अभिनय गरेका प्रायः फिल्मले चर्चा बटुलेका छन् ।
प्रभासको वास्तविक नाम वेन्कट सत्यनारायण प्रभास राजु उप्पलापति हो । उनी खानामा सौखिन छन् ।
‘बाहुबली’ फिल्ममा काम गरेपछि उनको नाम अनुष्का शेट्टीसँग जोडिएको थियो । उनीहरुबीच विवाह हुने सम्म हल्ला चलेपछि प्रभासले उनीहरु पारिवारिक रुपमा निकट रहेको र राम्रो साथी मात्रै भएको स्पष्टिकरण दिएका थिए । प्रभासको नयाँ फिल्म ‘राधे श्याम’ र ‘आदिपुरुष’ रिलिजको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण