बाढी पहिरोबाट सुदूरपश्चिम र गण्डकीमा ८ ठाउँमा सडक अवरुद्ध
आइतबार, ०७ कात्तिक २०७८, १० : ०९
अविरल वर्षाका कारण आएको वाढी र पहिरोका कारण गण्डकी प्रदेशको मनाङ र सुदुरपश्चिम प्रदेशका डडेलधुरा, बझाङ र बजुरामा सडक अवरुद्ध भएको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका ८ ठाउँमा राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।
मनाङस्थित चामे वेशीसहर सडक खण्डको ३ ठाउँमा सडक अवरुद्ध भएको छ । मनाङको नासोँ गापालिका–३ बगरछाप, चामे गाउँपालिका–१ ईमाङ र वडा नम्बर–३ कोतेमा सडक अवरुद्ध छ । सुदूरपश्चिमको डडेलधुरा स्थित गन्यापधुरामा भिमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । बझाङको केदारस्यूँ र छबिसपाथिभेरामा जययृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
मार्तडी–कोल्टी राजमार्ग बजुराको बुढिनन्दामा अवरुद्ध भएको छ । बुढिगंगा नगरपालिका–१ अमकोटमा साँफे–मार्तडी खण्ड पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण