आजको मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो ।हाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहेको छ ।
यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। भने, प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा