राज कुन्द्राका लागि शिल्पाले काटिन् कपाल
मङ्गलबार, ०९ कात्तिक २०७८, ११ : ३३
पोनोग्राफी प्रकरणमा राज कुन्द्रा जेल परेपछि बलिउड अभिनेत्री शिल्पा शेट्टीको वैवाहिक सम्बन्धका विषयमा अनेक अड्कलबाजी भइरहेका थिए । राज जेल परेपछि शिल्पाले सम्बन्धविच्छेद गर्न सक्ने भनेर चर्चा चलिरहेको समयमा शिल्पाले राजका लागि कपाल नै खौरिएकी छन् ।
उनले पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेकी छन् । उनले सेयर गरेको भिडियोमा कपाल खौरिएको देख्न सकिन्छ । उनले टाउकोको तल्लो भागको कपाल खौरिएकी छन् । उनले राज कुन्द्रा जेलमा रहँदा उनको रिहाईको कामना गर्दै कपालको थोरै भाग खौरिने बाचा गरेकोले रिहाईपछि कपाल खौरिएको बताएकी छन् ।
शिल्पाका पति राजकुन्द्रा पोनोग्राफी प्रकरणमा जेल परेका थिए । उनी करिब २ महिना जेल बसेर रिहा भएका थिए । उनलाई सेप्टेम्बर २१ मा जेलमुक्त गरिएको थियो । उनलाई जुलाई १९ मा पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण