हिजो पाकिस्तानी शैलीमा सरकार ढाल्नेहरू आज पोल खोलाखोलमा छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यका तीनवटै निकायहरू अशक्त भएको बताएका छन् । उनले न्यायाधीशहरु आफैँ पोल खोला–खोलमा लागेको तथा संसद् असफल भइरहेको बताए । सरकार सम्पूर्ण रूपमा असफल भएको आरोप पनि उनले लगाए ।
‘राज्यका निकायहरू मर्यादित हुनुपर्छ । शक्ति पृथकीकरणको आधारमा चल्नुपर्छ । सम्मानित अदालतले हेर्ने भनेको संविधानको प्रयोग सही भएको छ कि छैन भने समुचित व्याख्या गर्ने हो । हिजो पाकिस्तानी शैलीमा परमादेशबाट सरकार बनाउने र हटाउने कुरा गरियो । अहिले श्रीमान् न्यायाधीशहरु नै विगतमा कसले के–के गर्नुभएको थियो भनेर उधिन्न थाल्नुभएको छ,’ ओलीले भने उधिन्न जाँदा के–के रहेछ भन्ने देखिन थालेको छ । पाँचैजनाले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्याउनु भएको छ । एकजनाले किन राजीनामा गर्नुहुन्छ ? पाँचैजनाले राजीनामा गरे हुन्न ।’ निष्पक्ष भूमिका निभाउनुपर्ने सभामुखले एमालेलाई सिध्याउनका लागि नाङ्गो षडयन्त्र गरिरहेको पनि उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
