एमाले पालिका अधिवेशन : खोटाङका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन
बुधबार, १० कात्तिक २०७८, ०९ : २७
खोटाङका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुङ्गो लगाएको हो । एमाले खोटाङका अनुसार दुई नगरपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन् ।
यस्तै आठ गाउँपालिकामध्ये केपिलासगढीमा खगेन्द्र राई, ऐँसेलुखर्कमा टेकेन्द्र राजभण्डारी, रावाबेँसीमा बलराम रिजाल, दिप्रुङ चुइचुम्मामा कृष्ण कार्की, साकेलामा बद्री राई, खोटेहाङमा विकास राई, जन्तेढुंगामा यमकुमार राई र वराहपोखरीमा दीर्घ मगरको अध्यक्षतामा पालिका कमिटी गठन भएको छ । पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था अनुसार जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाएका एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण