मुख्यमन्त्री शाही एक्कासि किन पुगे गृहजिल्ला ?
कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही एक्कासि गृहजिल्ला हुम्ला पुगेका छन् । उनी आइतबार हेलिकप्टरबाट हुम्ला पुगेको शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ । सचिवालयका अनुसार शाही गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाबाट भएको क्षति अनुगमन गर्न हुम्ला गएका हुन् ।
उनी दिउँसो २ बजे सिमीकोट पुगेका छन् । मुख्यमन्त्री शाहीले आइतबार खार्पुनाथ गाउँपालिका–२ स्थित थाली गाउँमा पहिरोले पुर्याएको क्षति अवलोकन गर्ने कार्यक्रम रहेको छ । थाली गाउँमा पहिरोले स्थानीयका घर, खेतीपाती र खानेपानीका योजना समेतमा क्षति पुगेको छ ।

त्यसपछि साँझ हेलिकप्टरबाटै सिमकोट आएर बास बस्ने कार्यतालिका रहेको छ । सोमबार उनी पुनः हेलिकप्टरबाटै अदानचुली र ताँजाकोट गाउँपालिकामा पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गर्नेछन् ।
गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षापछि गएको पहिरोले जिल्लामा आठ करोडभन्दा बढीको क्षति पुगेको थियो । शाही मुख्यमन्त्री बनिसकेपछिको यो पहिलो भ्रमण पनि हो । उनको सचिवालय स्रोत भन्छ, ‘एक्कासि खार्पुनाथ गाउँपालिकाले बोलाएपछि मुख्यमन्त्रीज्यु निस्कनुभएको हो । भोलि सोमबार फर्किने कार्यक्रम रहेको छ ।’
कात्तिक १६ गते मुख्यमन्त्रीको शपथ लिएका शाहीले मन्त्रिमण्डल गठनबारे भने खासै चासो दिएका छैनन् । यद्यपि, सत्ता साझेदार दल नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही काठमाडौँ गएका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको उनको सचिवालय निकट श्रोतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण