चीनले पाकिस्तानलाई दियो अत्याधुनिक युद्धपोत
चीनले पाकिस्तानलाई अहिलेसम्मको सबैभन्दा ठुलो र उन्नत युद्धपोत प्रदान गरेको छ । यसलाई चीन र पाकिस्तानको गहिरिँदो सैन्य सहयोगको उदाहरणको रूपमा हेरिएको छ । चिनियाँ सरकारी मिडियाले पनि यसलाई दुई देशबीचको सम्बन्धमा एउटा ठुलो उपलब्ध भएको बताएको छ ।

सो युद्धपोतको निर्माण चीनको स्टेट सिप बिल्डिङ कर्पोरेशनले लिमिटेड (सीएसएससी) ले गरेको हो । कम्पनीले आफ्नो विज्ञप्तिमा यस युद्धपोतलाई चीनको शंघाई सहरमा आयोजित एक समारोहबीच पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरिएको जनाएको छ ।
पाकिस्तानी नौसेनाले चीनको सरकारी अखबार ग्लोबल टाइम्ससँग कुरा गर्दै सो टाइप ०५४ए/पी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको बताएको छ । चीनले यस्तै अन्य चारवटा युद्धपोत पाकिस्तानी नौसेनाको लागि तयार गरिरहेको छ । यो जहाजलाई प्राविधिकरुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ । यस युद्धपोतमा निगरानीको व्यापक क्षमताका साथै जमिनदेखि जमिन, जमिनदेखि आकाश र पानीभित्र मिसाइल हान्न सक्ने क्षमता रहेको बताइएको छ ।
In a historic event held in Shanghai; @PakistanNavy commissioned PNS TUGHRIL (Type 054 CLASS A/P) FRIGATE. It is indeed technologically advanced platform with multi-mission capability. (1) pic.twitter.com/pNOhK2gddW
— Pakistan Embassy China (@PakinChina_) November 8, 2021
नेटोले भने चीनको यो टाइप ०५४ए/पी युद्धपोतलाई जियांकाई–२ कोड नामबाट पहिचान गर्दछ । यसलाई चीनको हुडोङ–जोंघुआ शिपयार्डमा निर्माण गरिन्छ । यो अत्याधुनिक हतियार र सेन्सरको मिलन हो । यसलाई पहिलोपटक सन् २००८ मा चीनको नौसेनामा सामेल गरिएको थियो ।
*FIRST TYPE 054 A/P FRIGATE PNS TUGHRIL FOR PAKISTAN NAVY COMMISSIONED AT CHINA* pic.twitter.com/GzQnkYCoST
— Pakistan Embassy China (@PakinChina_) November 8, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण