भारतमा थप एघार हजार नयाँ कोरोना सङ्क्रमित
बुधबार, २४ कात्तिक २०७८, १६ : ३१
भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।
यो सङ्ख्या २६४ दिन पछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये ९८.२५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी १ अर्ब ६ करोडभन्दा बढी मानिसले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण