भारतमा थप एघार हजार नयाँ कोरोना सङ्क्रमित
बुधबार, २४ कात्तिक २०७८, १६ : ३१
भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।
यो सङ्ख्या २६४ दिन पछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये ९८.२५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी १ अर्ब ६ करोडभन्दा बढी मानिसले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा प्रधानमन्त्री प्रचण्डको अङ्कगणित : सके मत बढाउने, नसके यथास्थितिमा राख्ने
-
कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल हुने
-
सन् १९९० यताकै युनाइटेडको खराब सिजन
-
जितसँगै क्लपको भावुक बिदाइ
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
-
संसद्मा रवि भर्सेस गगन, झनै आक्रामक