बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक २ सयभन्दा बढी
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक दुई सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको बुधबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप २१४ जना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन मार्चयताकै बढी २६२ जना संक्रमितको ज्यान गएको थियो । बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार ३३८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा हालसम्म संक्रमित हुनेको संख्या ९४ लाख नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ८२३ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार ८५९ रहेको छ । यस्तै १०२३ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १० करोड ७१ लाख ५० हजार ७८३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड ३ लाख ३६ हजार १३० जना अर्थात ८७.५ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५८ लाख ९४ हजार २३७ जना अर्थात ७९.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ । यसैगरी खोपको तेस्रो अर्थात बुष्टर डोज लगाउनेको संख्या पनि एक करोड ९ लाख २० हजार ४१६ पुगेको छ ।
इंग्ल्याण्डका एनएचएस कर्मचारीलाई खोप अनिवार्य
इंग्ल्याण्डमा कार्यरत नेशनल हेल्थ सर्भिस (एनएचएस) अन्तर्गत कर्मचारीहरुका लागि कोरोनाविरुद्धको खोप अनिवार्य गरिने भएको छ । आउँदो अप्रिल महिनाबाट एनएचएसका कर्मचारीहरुले पूर्ण रुपमा खोप लगाउनुपर्ने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । हालसम्म इंग्ल्याण्डमा एक लाख तीन हजार एनएचएस कर्मचारीले कोरोनाविरुद्धको खोप नलगाएको तथ्यांकमा उल्लेख छ । उनीहरुलाई पूर्णरुपमा खोप लगाउन सन् २०२२ अप्रिल १ सम्मका लागि समयसीमा निर्धारण गरिएको छ । तर, स्वास्थ्य लगायत अन्य कुनै कारण भएमा त्यस्ता मानिसका लागि भने अनिवार्य नहुने पनि बताइएको छ ।
निर्धारित समयमा दुवै डोज खोप नलगाएका कर्मचारीहरु कामबाट निष्कासित हुनसक्ने अधिकारीहरुले बताएका छन् । सरकारको यो नयाँ नीतिका कारण ७३ हजार एनएचएस कर्मचारी र ३५ हजार केयर वर्कर्स गरि करिब एक लाख २६ हजार जनाले कामबाट अवकाश लिन सक्ने अनुमान गरिएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले पूर्ण रुपमा खोप लगाएमा रोग संक्रमण सर्न नसक्ने सरकारको मान्यता रहेकोले खोप अनिवार्य गर्न लागिएको हो । सरकारको यो निर्देशन पालना गर्न नचाहने कर्मचारीहरुले अवकाश लिएमा बेलायती स्वास्थ्य क्षेत्रमा ठूलो संकट पर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण