पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न अनेरास्ववियूको माग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियूले निरन्तर मूल्यवृद्धि हुनु अत्याचारको पराकाष्टा भएको भन्दै खारेज गर्न माग गरेको हो । अनेरास्ववियूले बुधबार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा भएको मूल्य वृद्धिले जनताको ढाड सेक्ने भन्दै भत्र्सना गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो । यस्ता जनविरोधी कदमको अनेरास्ववियू घोर भत्र्सना गर्दै श्रृंखलावद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’
अनेरास्ववियूले जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको पक्षमा र महंगी, मूल्य वृद्धि जस्ता स्वेच्चाचारी कदमको विरुद्ध जस्तो सुकै आन्दोलनको सृजना गर्न पनि वाध्य हुने चेतावनी समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण