जनगणना राष्ट्रिय विकासको मेरुदण्ड : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘१२ औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गरे ।
जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, “आजदेखि गणकहरु तपाईंहरुको पूर्ण विवरण लिन घर–घरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवरण टिपाउनुहोस् । यसमा व्यक्तिले संस्कृतिदेखि प्रकृतिसम्मको विवरण उपलब्ध गराउनुपर्नेछ । विवरण कसैले नलुकाउनुस्, तपाईहरुलाई सोधिने व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ अनुसार गोप्य राखिने छ ।”
मुलुक सङ्घीयता गएपछि पहिलो पटक आगामी मङ्सिर ९ गतेसम्म आयोजना हुने जनगणनामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलसमक्ष आफ्नो पारिवारिक विवरण टिपाए । जनगणना अधिकारी पौडेलले बढी बसोबास गर्ने ठाउँबाट घरमूली मार्फत पूर्ण विवरण लिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण