लिकटेन्स्टाइनको पोस्टमा जर्मनीको ९ गोल
जर्मनी १० खेलाडीका सिमित लिकटेन्स्टाइनलाई विश्वकप छनोटमा ९–० ले पराजित गरेको छ । यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको जर्मनीले हान्सी फ्लिकले प्रशिक्षणमा लगातार ६ खेल जितेको हो । डिफेन्डर निकलास सुलेलाई कोभिड संक्रमण भएपछि फ्लिकले टोलीमा ५ खेलाडी परिवर्तन गरेका थिए ।
घरेलु मैदानमा जर्मनीलाई जित दिलाउने क्रममा थोमर मुलर र लिरोय साने दुबैले १०–१० गोल गरे । खेल सुरु भएको १० मिनेटभित्रै लियोन गोरेट्ज्कालाई टाउकोमा फल गरेपछि छजेन्स होफर रातो कार्ड खाँदै बाहिरिए । त्यसपछि प्राप्त पेनाल्टीलाई म्यानचेस्टर सिटीका इल्के गुन्डोगानले गोलमा परिणत गरे ।
खेलको २० औं मिनेटमा डेनियल कौफम्यानले आत्मघाती गोल गरेपछि लिकटेन्स्टाइन थप दबाबमा प¥यो । २२ औं मिनेटमा लिरोय साने र २३ औं मिनेटमा मार्को रिअसले गोल गर्दा जर्मनीले पहिलो हाफमै ४–० को अग्रता लियो ।
दोस्रो हाफमा जर्मनीले थप ५ गोल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखको छलफलमा जुटेन सहमति
-
संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्दैन : नेता सिटौला
-
पौडीका भीमबहादुरले पारा ओलम्पिकको छनोट खेल्ने
-
सूर्यदर्शन सहकारी अपचलनः पूरक अनुसन्धानमा पनि जोडिए गृहमन्त्री रवि लामिछाने
-
प्रतिनिधिसभा बैठक अनिश्चित, प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
-
राष्ट्रियसभा बैठक : डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह