आइतबार पनि सर्वोच्चको गेटमा धर्ना दिने नेपाल बार एशोसिएसनको घोषणा
नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने भएको छ । नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशले निकासको बाटो नदिएको कारण आइतबार पनि गेटमै धर्ना दिन लागिएको हो ।
प्रधानन्यायाधीशको बहिर्गमनलाई नै बटमलाइन बनाएको बारले प्रधानन्यायाधीशको बहिर्गमन र गोलाप्रथाबाट पेसी तोक्ने सुरुवात नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा ६ जना अधिवक्ताहरू सामान्य घाइते बनेका थिए ।
त्यसैको विरोधमा बारले शुक्रबार सर्वोच्च अदालतको गेटमा धर्ना दिएको थियो भने शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरण सहितका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो । शुक्रबार बारका पदाधिकारी र सदस्यहरु सर्वोच्चको गेटमा धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक बाटो प्रयोग गरेर अदालत प्रवेश गरेका थिए ।
करिब डेढ घण्टा धर्नामा बसेका बारका सदस्यहरु पछि बारमा आई कोणसभा गरेका थिए । उक्त कोणसभाबाट आइतबार पनि सर्वोच्चको गेटमा धर्नामा बस्ने घोषणा गरेका हुन् ।
आइतबार देशभरका अदालतमा धर्नाको तयारी
यसैबीच नेपाल बार एशोसिएसनले आइतबार देशैभरका अदालतमा धर्ना दिने तयारी गरेको छ । बारकी उपाध्यक्ष बस्यालका अनुसार बार इकाईहरुले आइतबार देशैभरका अदालतमा धर्ना दिने तयारी गरेको छ । त्यसका लागि बारको बैठक बसेर धर्नाका लागि आव्हान गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण