रौतहटमा कार दुर्घटनामा परी ४ भारतीय नागरिकको मृत्यु
रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा खसेको थियो ।
दुर्घटना लगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।
भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतिय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन् । चन्द्रनिगाहपुर बाट अत्यधिक मदिरा सेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भै चारैजनाको ज्यान गएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।
केहिदिन अघि मात्र बारा पथलैयाबाट मदिरा सेवन गरि फर्किनेक्रममा कार र टिपर एक आपसमा ठोकिँदा ३ जना भारत रक्सौलका युवाहरुको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण