सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

क्रिकेट विश्वकपमा जुरेको संयोग : भिड्दैछन् स्कुले साथी

आइतबार, २८ कात्तिक २०७८, १३ : ३७
आइतबार, २८ कात्तिक २०७८

मार्च २००९ मा ड्यारेल मिसेल, मार्कस स्टोनिस र जस्टिन लेन्गर एउटै टिमबाट खेल्थें । उनीहरु पहिलो ग्रेडको प्रिमियरसिपका लागि स्कार्बोरफबाट खेल्थे ।  आइतबार दुबईमा लामो समयदेखिका साथी स्टोनिस र मिसेल एक अर्काविरुद्ध मैदानमा हुनेछन् । विश्वकपको यस फाइनललाई अस्ट्रेलियाको प्रशिक्षकका रुपमा लेन्गरले नजिकबाट नियालिरहेका हुनेछन् । 

जसी टी २० विश्वकपको सेमिफाइनलमा आ–आफ्ना टिमबाट मिसेल र स्टोनिस दुबैले उत्कृष्ट खेले, त्यसरी नै उनीहरुले २००९ मा स्कार्बोरफबाट खेलेका थिए ।  स्टोनिसले सेमिफाइनलमा १ सय ८९ रन बनाए । त्यसैगरी,  फाइनलमा उनले २६ रन दिएर ४ विकेट लिए । र, स्कार्बरफले वेजवाटर–मोर्लेलाई हराएर प्रिमियरसिप जित्यो । त्यसदिन, स्कार्बरफको कप्तानी गरेका वेस्टर्न अफ्रिकाका पूर्व ओपनर क्लिन्ट हिराननेले त्यसदिन मिसेलले उठाएको जोखिमलाई यसरी संझिए । वेजवाटर–मोर्लेले २ सय ६५ रन चेस गरिरहेको थियो र १ सय ६९ रनमा दुई विकेट गुमाइसकेको थियो । 

‘उनले (मिसेलले) महत्वपूर्ण समयमा हाम्रा लागि खेल उल्ट्याइदिए,’ हेरोनले भने, ‘पक्कै पनि यस समय हामीसँग टिममा ठूला खेलाडीहरु थिए । र, उनीहरुको टिममा समस्या थियो र राम्रोसँग अघि बढ्न सकेनन् ।’ उनले थपे, ‘हामीले केही गर्नेछन् भन्ने आशमा मिसेललाई बल दियौं । र, उनले सिधैं विकेट चट्काइदिए । मलाई लाग्छ, यो उनको स्पेलको पहिलो बल थियो । उनी यस्तो प्रतिस्पर्धात्मक छन् ।’

तीन वर्षअघि न्युजिल्यान्डबाट मिसेल पर्थमा आएका थिउ । जब उनका बाबु फेस्टर्न फोर्सको सुपर १४ रग्बी प्रतिस्पर्धामा प्रशिक्षक नियुक्त भए ।   उनी हेल स्कुलमा भर्ना भए, जहाँ उनले स्टोनिसलाई भेटे । स्टोनिस उनीभन्दा दुई वर्षले जेठा थिए । उनीहरुले स्कुलको टिमबाट एकसाथ क्रिकेट खेले । 

उनीहरुले झन्डै ५ वर्षसम्म लगातार रुपमा सँगसँगै प्रशिक्षण गरे । विशेषगरी, स्कार्बरफमा उनीहरुले हेरोन र लेन्गरसँगै कडा प्रशिक्षण गरे । यतिबेला ब्याटिङ प्रशिक्षक निल होल्डरले उनीहरुलाई एकसाथ प्रशिक्षण दिएका थिए ।  उनीहरु नेटमा सँगै अभ्यास गर्ने मात्रै होइन, जिममा पनि एकसाथ जान्थें । यो जोडीले उत्कृष्ट क्रिकेटर बन्ने लक्ष्यसहित एकसाथ अभ्यास गर्यो । होल्डर र लेन्गर दुबै आफ्नो करियरको प्रेरणा रहेको मिसेल बताउँछन् ।

‘होल्डरसँग प्रशिक्षण गर्दा ब्याटिङमात्रै सुध्रिएन, उनी हाम्रा मेन्टर पनि थिए । उनीसँग समय बिताउन पाउँदा एउटा क्रिकेटर मात्रै नभएर एउटा मानिसका रुपमा पनि असल बन्न मलाई सहयोग मिल्यो,’ मिसेलले भने, ‘पक्कै पनि म स्कार्बरफबाट खेल्न पाउँदा भाग्यमानी महसुस गर्छु । जस्टिन लेन्गरसँगका सुरुवाती दिनहरु निकै राम्रां थिए । मैले बच्चा हुँदा उनलाई देखेको थिएँ र उनीसँग ड्रेसिङ रुम शेयर गर्न पाउनु निकै ठूलो कुरा थियो ।’

मिसेल र स्टोनिस दुबैले पर्थ छाडे, उनीहरु फस्ट क्लास क्रिकेट खेल्न अन्य गए । स्टोनिस मेलर्वन पुगे र वेस्टर्न अस्ट्रेलियाबाट केही समय खेलेपछि भिक्टोरियामा उनले अवसरका लागि परीक्षण दिए । यता, मिसेल न्युजिल्यान्ड फर्किए, उनले २०११ मा नर्थन डिस्ट्रिक्सबाट खेल्न थाले । 

पर्थमा स्टोनिसले ग्रेड क्रिकेटमा निकै राम्रो गरेका थिए । तुलनात्मक रुपमा मिसेलको अन्तर्राष्ट्रिय सफलता अनपेक्षित थियो किनकी स्कार्बरफमा सुरुवाती दिन उनले औसत नै थिए । तर, हेरोनलाई उनमा केही विशेष थियो भन्ने लाग्छ । ‘उनको चरित्र बुझ्दा उनी त्यस्ता एक युवा हुन्, जसले आफ्नो निकै उत्कृष्ट प्रदर्शन दिन्छ,’ हेन्गरले भने, ‘स्टोनिस र मिसेल दुबै उस्तै थिए । उनीहरु कसरी राम्रो गर्न सकिन्छ भनेर सोच्थेँ ।’

लेन्गरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेपछि स्कोर्बरफमा खेलेका थिए । यस क्लबले लगातार चारपटक फस्र्ट ग्रेड प्रिमियरसिप जितेको थियो र लेन्गरले तीनपटक खेलेका थिए । सुरुवाती दुईपटक उनले टोलीको कप्तानी गरेका थिए । एजे टाई र मार्कस ह्यारिस अन्य त्यस्ता अन्तर्राष्ट्रिय खेलाडी थिए, जसले यो क्लबबाट खेले । यी क्रिकेटरहरुको करियरमा लेन्गरको प्रभाव परेको हेरोनको विश्वास छ ।

‘मलाई थाहा छ कहिलेकाँही उनी आलोचित हुन्थे र कठोर शब्दहरूको सामना गर्नुपर्थ्यो । तर, मलाई लाग्छ, उनले त्यस्तो स्ट्यान्डर्ड सेट गरे, जो अरुले गर्न सक्दैन’ हेरोनले भने, ‘यी युवाहरुलाई उनले कति मेहिनत गर्दथें भन्ने थाहा छ । उनी अन्तर्राष्ट्रिय करियर सकिएपछि स्कार्बरफबाट राज्यस्तरको क्रिकेट खेल्दै थिए । मलाई लाग्छ, यी तीनवटै केटाहरूको जीवनमा उनी महत्वपूर्ण रहे । अर्का मार्कस ह्यारिस हुन् ।’ 

आफ्ना पूर्व सहकर्मीहरू अस्ट्रेलियाका लागि खेलेको देख्दा आफुलाई अप्ठ्यारो लाग्ने मिसेलले बताए । ‘मार्कस स्टोनिस र मार्करस ह्यारीसँगै क्लब क्रिकेट खेलेर म हुर्किएँ र अहिले उनीहरु अस्ट्रेलियाका लागि खेलिरहेका छन्,’ हाँस्दै मिसेलले भने, ‘तर, उनीहरुसँगै हुर्कँदा र अभ्यास गर्दा मलाई एउटा क्रिकेटरका रुपमा निकै खुसी लाग्यो ।’ 

‘यो साँच्चै राम्रो थियो,’ हेरोनले स्मरण गरे, ‘सबैले साँच्चै यसबाट ठूलो खुसी आत्मसात् गरे । यो तपाईले आफुलाई समर्थन गरेजस्तै हो । आफ्नो समूह वरपर हेर्ने र समूहमा एकअर्कालाई विश्वास गर्ने हो । तर, यो पूर्ण विश्वास र पूर्ण प्रतिबद्धताका कारण भएको थियो । त्यहाँ हार्नुपर्ने केही थिएन । यदी तपाईले आफैलाई समर्थन गर्नुभयो भने सबै कुरा राम्रो हुनेछन् ।’ स्टोनिस र मिसेलले अहिले पनि त्यो सल्लाहलाई पछ्याइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप