कैलालीमा रावल पक्षले बोलायो समानान्तर प्रतिनिधि छनोट भेला, संस्थापन पक्षद्वारा कारबाहीको चेतावनी
मोहन जोशी
कैलाली क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । विवादकै कारण कैलाली क्षेत्र नम्बर २ मा मंगलबार एमालेले गरेको महाधिवेशन प्रतिनिधि छनौट भीम रावल पक्षले बुधबार (आज) फेरी महाधिवेशन प्रतिनिधि छनौटका लागि भेला आह्वान गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाइँले सामाजिक सञ्जालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनौट भेला आह्वान गरेका छन् । उनले कैलालीको लम्कीस्थित मनोहरा होटेलमा भेला आयोजना गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।
मंगलबार महाधिवेशन पार्टीको नभई गुटको भेला भएको उनले बताएका छन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महाधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्,’ बजगाइँले भने, ‘त्यो भ्रम छर्ने काम मात्रै हो, क्षेत्र नम्बर २ मा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामीले महाधिवेशन प्रतिनिधि छनौट गर्दै छौँ ।’ बजगाइँ एमाले उपाध्यक्ष भीम रावल निकट हुन् ।

एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार सम्पन्न प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार नौँ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको बताए । उनले पार्टीकाविरुद्ध गतिविधि गरेमा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले भनेका छन् ‘नेकपा एमाले लम्कीमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कहीँ कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजनामा गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन । पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन र तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उद्देश्य हेरी उचित कारबाहीको विषय बनाउनेछ । र त्यस्ता कार्यक्रममा भुलवश पनि सहभागी नहुन सम्पूर्ण पार्टी सदस्य कमरेडहरूलाई सूचित गरिन्छ । अब पार्टीमा हिजोको जस्तो अराजकतालाई सहने र हेरी बस्ने छुट छैन । त्यसैले कसैको उक्साहट, इगो र पार्टीको आन्तरिक जीवनलाई विरोधी शक्तिका अगाडि कमजोर देखाउन चालेको कदमलाई कुल्चँदै दशौँ महाधिवेशनको भव्य सफलताको तर्फ आआफ्नो सकारात्मक योगदानको बारेमा सोचौँ ।’ एमालेले आजै धनगढीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण