जुम्लामा तीन दलका १३० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
बुधबार, ०१ मङ्सिर २०७८, २२ : ५३
जुम्लामा नेकपा एमाले, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी परित्याग गरी १ सय ३० जनाले नेकपा माओवादी केन्द्र रोजेका छन् । नेकपा माओवादी केन्द्र जुम्लाका नेता तथा सांसद गजेन्द्रबहादुर महतका अनुसार उनीहरु सबै तीलागुफा गाउँपालिकाका हुन् ।
बुधबार माओवादी केन्द्रको प्रथम तिलागाउँ सम्मेलन गरिएको थियो । त्यही क्रममा उनीहरु पार्टी प्रवेश गरेको उनको भनाइ छ । नवप्रवेशीहरुलाई सांसद महत, पूर्व राज्यमन्त्री गोमा कुँवर लगायतका नेताले फूलमाला र अवीर लगाएर स्वागत गरेका थिए ।
उनीहरुले माओवादी केन्द्र नै गरिब, निमुखाको पार्टी भएकोले अन्य दल त्याग गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण