दुर्घटनामा सशस्त्रका सईको मृत्यु
बिहीबार, ०२ मङ्सिर २०७८, १४ : २८
कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेत रहेको प्रदेश–१ स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
दक्षिणतर्फ जाँदै गरेको को १ व २४३८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सख्त घाइते बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण