सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । काठमाडौंमा आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा अध्यक्ष नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए ।
नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए । उनले राष्ट्रियसभा तथा उपचुनावमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर सबै क्षेत्रमा विजय हासिल गर्ने बताए । उनले आगामी चुनावमा नेकपा (एकीकृत समाजवादी) को विजयी अभियान सुरु हुने समेत बताए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिवद्धता जनाए । वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति हटाउँदै व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कानूनलाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको समेत बताए । कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा जनलहर आएको बताएका थिए ।
भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ–काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा एमाले–काँग्रेस लगायत पार्टी परित्याग गरि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष नेपालले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक नियुक्ति तथा सरुवा बढुवामा नातावाद कृपावाद हुन्छ भन्ने आरोप प्रधानमन्त्रीद्वारा अस्वीकार
-
काभ्रेमा उद्धारमा खटिएका दिवंगत सशस्त्रका इन्स्पेक्टरलाई ५ लाख रुपैयाँ दिने निर्णय
-
‘बाबुरामले सकेनन्’ भनेर आलोचना गर्दै बस्नु मूर्खता : डा.भट्टराई
-
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
-
प्रचण्डको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क हुन नसकेको जवाफ पाएँ : प्रधानमन्त्री
-
गाजामा इजरायलको ताजा हमलामा कम्तिमा ४० भन्दा धेरैको मृत्यु