चीनले किन तोड्यो लिथुआनियासँगको सम्बन्ध ?
चीनले लिुथुआनियासँगको कूटनीतिक सम्बन्ध तोडेको छ । राजधानी भिलनिअसमा तााइवनलाई दूतावास खोल्ने अनुमति दिएपछि चीनले लिुथुआनियासँगको सम्बन्ध तोडेको हो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ, यद्यपि ताइवानले आफूलाई सार्वभौम सम्पन्न देश ठान्छ ।
आफ्नो अभिन्न अंश भएकोले ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापित नगर्न बेइजिङले विभिन्न देशलाई दबाब दिँदै आएको छ । ताइवानलाई दूतावास खोल्न अनुमति दिएपछि लिथुआनियासँग क्रुद्ध बनेको चीनले यसअघि नै आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।
ताइवानले बिहीबार मात्र लिथुआनियामा आफ्नो सम्पर्क कार्यलय खोलेको थियो । युरोप र अमेरिकामा खोलिएका ताइवानका अन्य कार्यलयले राजधानी सहर ताइपेईको नाम उल्लेख गरेपछि बेइजिङ रुष्ट छ । ताइवानले जुनसुकै देशसँग सम्बन्ध स्थापित गरे पनि उ चीनको अभिन्न अंश हो भन्ने कुरा बिर्सन नहुने बेइजिङले ताइवानलाई सचेत गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण