‘अनुपमा’ की यी अभिनेत्रीको निधन
भारतीय टिभी शो ‘अनुपमा’ की एक अभिनेत्रीको निधन भएको छ । अनुपमा अर्थात् रुपाली गांगुलीकी आमाको भूमिका निभाउने माधवी गोगटेको निधन भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित रिपोर्टका अनुसार उनलाई कोरोना भएको थियो । कोरोना भएपछि उनको अवस्था निकै गम्भीर भएको थियो ।
आइतबार मुम्बईको सेभेन हिल्स अस्पतालमा उनले अन्तिम सास फेरिन् । रुपाली गांगुलीले आफ्नो इन्स्टाग्राममा मेसेज पोस्ट गरेर उनलाई श्रद्धाञ्जली दिइन् । रुपालीले आफ्नो इन्स्टाग्राममा ‘धेरै कुरा अधुरै रह्यो, सद्गति माधवीजी’ भन्दै श्रद्धाञ्जली अर्पण गरिन् । माधवीले अनुपमा सिरियलमा सुरुमा अनुपमाकी आमाको भूमिका निभाएकी थिइन् । पछि उनको स्वास्थ्य खराब भएपछि उनको स्थानमा सविता प्रभुनेलाई लिइएको थियो । माधवी ५८ वर्षकी थिइन् ।
माधवी गोगटेले हालै सिरियल ‘तुजा मजा जामते’ सहित मराठी टिभी शोमा डेब्यू गरेकी थिइन् । माधवीले एकता कपुरको सिरियल कहीं तो होगामा सुजलकी आमाको भूमिकाबाट प्रसिद्धि मिलेको थियो । उनले ‘कोई अपना सा, कहीं तो होगा, ऐसा कभी सोचा ना था ’ जस्ता सिरियलमा काम गरिसकेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण