जनकपुरधाम उपमहानगरपालिकामा जनप्रतिनिधिले नै गरे तालाबन्दी
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा असन्तुष्ट वडाअध्यक्षहरूले तालाबन्दी गरेका छन् । सफाई कर्मचारीले वडाअध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका ४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले दुर्व्यवहार गरेका थिए ।
त्यसलगत्तै वडाअध्यक्षहरूले नगरप्रमुख लालकिशोर साह र सफाई कर्मचारी विरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । वडाअध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकाले त्यसलाई हटाउनका लागि सफाइ कर्मचारीसँग आग्रह गर्दा उनीहरुले उल्टै आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उनले भने, ‘आज सञ्चयकोषको कार्यालय नजिक छाडा गाई मरेको थियो । मैले सफाइ कर्मचारीसँग कुरा गर्न खोज्दा फोनमै गाली गर्नुभयो । कार्यालयमा आएपछि मसँग दुर्व्यवहार गर्दै अपशब्दहरु समेत प्रयोग गर्नुभयो ।’
उनले नगर प्रमुख साहकै इशारामा कर्मचारीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाए । उनले भने, ‘सरसफाईमा अनिश्चितता देखिएपछि आफुहरुले आन्दोलन समेत गर्यौ, तर सुनुवाई नभएपछि आफुहरुले बाध्य भएर उपमहानगरमा ताल्चा मारेका हौं ।’
जनकपुरधाम उपमहानगरपालिका ७ का वडा अध्यक्ष जानकीराम साहले सफाइका लागि नै उपमहानगरपालिकामा ताला लगाइएको बताए । तालाबन्दी कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका १ का वडाअध्यक्ष शत्रुधन साह, ३ का वडाअध्यक्ष दीपेन्द्र साह, ४ का वडाअध्यक्ष सुदर्शन सिंह, ७ का वडाअध्यक्ष जानकीराम साह लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण