काँग्रेसको क्षेत्रीय अधिवेशन : रुपन्देही–५ मा सर्वसम्मत, अन्य क्षेत्रमा यस्तो छ प्रतिस्पर्धा
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही लगायत विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन हुँदैछ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय सभापतिदेखि महाधिवेशन प्रतिनिधि छनौटका लागि ४ वटा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । जिल्लाको एउटा निर्वाचन क्षेत्रमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव सभापति पदका लागि आ–आफ्नो प्यानल खडा गरी चुनावमा होमिएका छन् । क्षेत्र नम्बर १ अन्तर्गत देवदहमा मतदान हुँदैछ । क्षेत्र नम्बर २ मा काजीमान श्रेष्ठ र वर्तमान क्षेत्रीय सभापति हरि लम्सालले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन् । यो क्षेत्र अन्तर्गत बुटवलमा मतदान सुरु भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा वर्तमान क्षेत्रीय सभापति मातृकाप्रसाद यादव र सुशील गुरुङको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्र अन्तर्गत भैरहवामा मतदान भइरहेको छ । क्षेत्र नम्बर ४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव र विनोद श्रीवास्तवबीच प्यानल बनाएर प्रतिस्पर्धा भइरहेको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ मा वर्तमान सभापति वसिउल्लाह खाँको नेतृत्वमा सबै पद सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।
काँग्रेसका अधिकांश प्रदेशसभा सदस्य महाधिवेशन प्रतिनिधिमा भिड्दै
रुपन्देहीबाट प्रतिनिधित्व गर्ने काँग्रेसका अधिकांश प्रदेशसभा सदस्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिदेखि लिएर लुम्बिनी प्रदेश सरकारमा सामेल काँग्रेसका मन्त्रीहरु पनि क्षेत्रीय अधिवेशन अन्तर्गत विभिन्न पदमा उम्मेदवार बनेका छन् ।

काँग्रेसका प्रदेशसभा सदस्यहरु रमा अर्याल, पुष्पा थरुनी, वसिउद्दीन खाँ, फकरुद्दीन खाँ, अष्टभुजा पाठकले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका वसिउद्दीन खाँ र सांसद अष्टभुजा पाठकले निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन् ।
यस्तै रमा अर्याल र पुष्पा थरुनी निर्वाचन क्षेत्र नम्बर ३ र फकरुद्दीन खाँ निर्वाचन क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत रुपमा चयन भएका छन् । नेपाली काँग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका रामकृष्ण खाणले क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । यस्तै संविधानसभा सदस्य समेत रहेका इस्तियाक अहमद खानले क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण