टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ७ जना घाइते
रसुवामा टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । जिल्लाको गोसाईंकुण्ड गाउँपालिका-६ ठाडेबाट धुन्चेतर्फ आइरहेको ना१ज ६१७६ नम्बरको टाटासुमोले धुन्चेबाट ठाडेतर्फ गइरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
टाटासुमोको ठक्करबाट ठाडेकी ४ वर्षीया बालिका नैनी घलेको मृत्यु भएको छ । उनकी फुपू वर्ष ३० की ऊर्जा घले र दाइ वर्ष ८ का करन घले घाइते भएका छन् । धुन्चेबाट ठाडेतर्फ जाँदै गरेका उनीहरू तीन जनालाई टाटासुमोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पैदलयात्रीलाई ठक्कर दिएको सुमो सडकबाट करिब ५० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । सुमोमा सवार चालकसहित चार जना पनि घाइते भएका छन् । प्रहरीका अनुसार सुमो चालक जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका छिरिङ दोर्जे तामाङ, गाडीमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र गाडी साहुँ घाइते भएका छन् । गाडी साहुँको नाम भने खुलेको छैन ।
मृतक बालिकासहित ऊर्जा घले, करन घले, सुमो चालक छिरिङ दोर्जे तामाङ र गाडी साहुँलाई उपचारका लागि नुवाकोट लगिएको छ । सुमोमा सवार यात्रु रमेश लोप्चन र याङसेन घलेलाई उपचारका लागि सदरमुकाम धुन्चे ल्याइएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । मारग्याल्बो घलेलाई सामान्य चोट लागेको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ करिब सवा ५ बजे सडकमा हिँडिरहेका पैदलयात्री जोगाउन खोज्दा १ ज ६१७६ नम्बरको टाटासुमो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । काठमाडौंबाट धुन्चे आउँदै गरेको उक्त सुमो ठाडे नजिकै दुर्घटना भएको हो । सुमो सडकबाट करिब ५० मिटर तल भीरमा खसेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण