चितवन काँग्रेस : क्षेत्रीय सभापतिमा संस्थापनइतर हाबी
नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । चितवनमा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । काँग्रेस क्षेत्रीय सभापतिको चुनावमा संस्थापनइतर बलियो देखिएको छ । क्षेत्र नं १ को सभापतिमा काँग्रेस सभापति शेरबहादुर देउवा निकटका किरण भुषण ओली निर्वाचित भए । क्षेत्र नं २ र ३ को सभापतिमा भने संस्थापन इतरका क्रमश भरत लामिछाने र लालबहादुर दवाडी निर्वाचित भएका छन् ।
क्षेत्र नं १ मा निर्वाचित ओलीले संस्थापन इतरका इन्द्रकमल बुढाथोकीलाई ६८ मतान्तरले पछाडि पारे । ओलीले ४९१ मत प्राप्त गर्दा बुढाथोकीले ४२३ मत प्राप्त गरे । सचिवमा दीपकराज पौडेल र उमेश गिरी, सह–सचिवमा माधवप्रसाद पौडेल र दीपनारायण चौधरी विजयी भए ।
क्षेत्र नं २ मा संस्थापन इतरका लामिछानेले संस्थापन पक्षका निकटतम प्रतिद्वनद्वी लक्ष्मण गुरुङलाई पराजित गरे । लामिछानेले ५३० मत प्राप्त गर्दा गुरुङले ४४५ मत ल्याउन सफल भए । सचिवमा निर्मला लामा र प्रल्हाद उप्रेती र सहसचिवमा कृष्णकुमारी पन्त र सिर्जना बसौला विजयी भए ।
क्षेत्र नं ३ मा पनि संस्थापन इतरकै लालबहादुर दवाडीले निकटतम प्रतिद्धन्दी दामोदर न्यौपानेलाई पराजित गरे । यस क्षेत्रमा सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । दवाडीले न्यौपानेसहित अमृतबहादुर बानियाँ, जगन्नाथ कँडेल र देवेन्द्र प्रकाश क्षेत्रीलाई पराजित गरेका हुन् ।
काँग्रेसले कारबाही गरेका चितवन कांग्रेसका पूर्व सभापति विकास कोइरालाको सहयोगमा दवाडीले चुनाव जितेको कांग्रेसका स्थानीय नेताहरु बताउँछन् । २०७० सालको संविधान सभाको चुनावका बेला पार्टी सभापति शुसिल कोइरालाले उम्मेदवारी दिएको ठाउँमा उनले बागी उम्मेदवारी दिएका थिए ।
त्यसपछि उनलाई काँग्रेसको केन्द्रीय समितिले अनुशासनको कारबाही गरेको थियो । उनको कारबाही अझै पनि फुकुवा भएको छैन । कारबाही फुकुवा नभए पनि कोइरालाको अझै पनि यस क्षेत्रमा राम्रो पकड रहेको छ ।
सचिवमा सरस्वती पाण्डे र तुलाराम गुरूङ विजयी भए भने सहसचिवमा सृजना अधिकारी र इन्दिरा भुसाल निर्वाचित भए । कांग्रेस जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलका अनुसार क्षेत्रीय कार्यसमितिमा उपसभापतिबाहेकका पदमा निर्वाचन भएको हो ।
प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित नेता प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको उपसभापति स्वतः हुने उनले बताए । महाधिवेशनबाट १८ सदस्यीय प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति बनेको हो । हरेक क्षेत्रबाट महाधिवेशनका लागि २५र२५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण