शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा हरेक दिन २ केस्रा लसुन

शुक्रबार, १० मङ्सिर २०७८, ०९ : १५
शुक्रबार, १० मङ्सिर २०७८

हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ । चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ । र, शरीरलाई चिसोबाट बचाउँछ । चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्छ । यो मौसममा लसुनको केस्राले धेरै फाइदा गर्छ । 

चिसोमा काँचो लसुन खानुका फाइदाहरु 
–लसुनले रोग प्रतिरोधी क्षमता बढाउँछ । इन्फेक्शन र फ्लुबाट बचाउँछ । 
–लसुन खाँदा कोलेस्ट्रोल कम हुन्छ । साथै, मुटु स्वस्थ राख्छ ।
–चिसोमा लसुनको सेवन गर्नाले जाडोमा जोर्नी दुख्ने समस्या कम हुन्छ ।
–उच्च रक्तचापका बिरामीहरुले लसुनको सेवन गर्दा रक्तचाप सन्तुलनमा आउँछ ।
–लसुनको सेवनले रक्तसञ्चार राम्रो हुन्छ ।

कुन समयमा सेवन गर्ने ? 
लसुनको सेवन बिहान खाली पेटमा गर्नुपर्छ । यसले लसुनमा हुने औषधिय गुणलाई बढाउँछ । यसका लागि घ्यूमा थोरै समय पकाएर खाँदा झनै राम्रो हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप