चिसो मौसममा हरेक दिन २ केस्रा लसुन
हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ । चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ । र, शरीरलाई चिसोबाट बचाउँछ । चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्छ । यो मौसममा लसुनको केस्राले धेरै फाइदा गर्छ ।
चिसोमा काँचो लसुन खानुका फाइदाहरु
–लसुनले रोग प्रतिरोधी क्षमता बढाउँछ । इन्फेक्शन र फ्लुबाट बचाउँछ ।
–लसुन खाँदा कोलेस्ट्रोल कम हुन्छ । साथै, मुटु स्वस्थ राख्छ ।
–चिसोमा लसुनको सेवन गर्नाले जाडोमा जोर्नी दुख्ने समस्या कम हुन्छ ।
–उच्च रक्तचापका बिरामीहरुले लसुनको सेवन गर्दा रक्तचाप सन्तुलनमा आउँछ ।
–लसुनको सेवनले रक्तसञ्चार राम्रो हुन्छ ।
कुन समयमा सेवन गर्ने ?
लसुनको सेवन बिहान खाली पेटमा गर्नुपर्छ । यसले लसुनमा हुने औषधिय गुणलाई बढाउँछ । यसका लागि घ्यूमा थोरै समय पकाएर खाँदा झनै राम्रो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण