मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

देशी विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको छ  : बादल

शुक्रबार, १० मङ्सिर २०७८, १३ : ४७
शुक्रबार, १० मङ्सिर २०७८

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले देशी विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बताएका छन् । चितवनको भरतपुरमा जारी एमाले दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आजको राष्ट्रिय राजनीतिको परिस्थित सहज सामान्य नभएको बताउँदै जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको आरोप लगाए । उनले भने–‘मुलुकको व्यवस्थापिका जनादेशबाट हैन ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको छ । देशको नीति निर्माण गर्ने संसद् अस्तव्यस्त छ । मुलुकको न्याय व्यवस्थालाई सेटिङको माध्यमबाट भताभुङ्ग पारिएको छ । देशलाई पुन अशान्ति, कुसंस्कार र भ्रष्टाचारको दुष्चक्रतर्फ लगिएको छ ।’

उनले राष्ट्रियता, गणतन्त्र सङ्घीयता र जनजीविका जोखिममा परेको बताउँदै देशको राजनीति दुई ध्रुवमा बाँडिएको बताए । एउटा पक्ष अग्रगमन समाजवादी पक्षमा र अर्को पक्ष पश्चगमन, दलाल पुँजीपतिको पक्षपोषणमा लागेको नेता बादलले बताए । एकातर्फ वामपन्थी र अर्कोतर्फ दक्षिणपन्थी अन्ध राष्ट्रवादी शक्ति रहेको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय परिस्थिति पनि सामान्य नभएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप