कोरोनाको नयाँ भेरियन्टको सन्त्रास, जोखिम कति ?
दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रुप ‘ओमिक्रोन’ देखिएपछि विश्वभर सन्त्रास छाएको छ । नयाँ भेरियन्टलाई ‘बी.१.१.५२९ नाम दिइएको छ । वैज्ञानिकहरुले यो नयाँ भेरिएन्टको फैलने गतिलाई लिएर चिन्ता व्यक्त गरेका छन् । अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी) द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरियन्ट गत सोमबार पत्ता लागेको छ । दक्षिण अफ्रिकामा २२ वटा नमुना परीक्षणमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ ।
डब्ल्यूएचओले नयाँ भेरियन्टको प्रभाव बुझ्न केही साता लाग्ने बताएको छ । यो भाइरसको संक्रमण फैलने दर कति हुन्छ भनेर हेरिनुपर्ने र प्रभाव कम गर्न सक्ने उपायको खोजी गरिनुपर्ने वैज्ञानिकले भनेका छन् । अक्सफोर्ड विश्वविद्यालयका संरचनात्मक जीव विज्ञान प्रोफेसर जेम्स नैस्मिथले नयाँ भेरियन्टले खराब अवस्थाको सिर्जना गर्ने भए पनि भयंकर अवस्था आउन नसक्ने बताएका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण