शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको नयाँ भेरियन्टको सन्त्रास, जोखिम कति ?

आइतबार, १२ मङ्सिर २०७८, ०७ : १०
आइतबार, १२ मङ्सिर २०७८

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रुप ‘ओमिक्रोन’ देखिएपछि विश्वभर सन्त्रास छाएको छ । नयाँ भेरियन्टलाई ‘बी.१.१.५२९ नाम दिइएको छ । वैज्ञानिकहरुले यो नयाँ भेरिएन्टको फैलने गतिलाई लिएर चिन्ता व्यक्त गरेका छन् । अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी) द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरियन्ट गत सोमबार पत्ता लागेको छ । दक्षिण अफ्रिकामा २२ वटा नमुना परीक्षणमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ । 

डब्ल्यूएचओले नयाँ भेरियन्टको प्रभाव बुझ्न केही साता लाग्ने बताएको छ । यो भाइरसको संक्रमण फैलने दर कति हुन्छ भनेर हेरिनुपर्ने र प्रभाव कम गर्न सक्ने उपायको खोजी गरिनुपर्ने  वैज्ञानिकले भनेका छन् । अक्सफोर्ड विश्वविद्यालयका संरचनात्मक जीव विज्ञान प्रोफेसर जेम्स नैस्मिथले नयाँ भेरियन्टले खराब अवस्थाको सिर्जना गर्ने भए पनि भयंकर अवस्था आउन नसक्ने बताएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप