बुटवलमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
आइतबार, १२ मङ्सिर २०७८, १७ : ०३
बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त भवनमा विद्युत पोलबाट लाइन तान्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण बुटवलका कर्मचारी बसन्त भुसालको मृत्यु भएको जनाएको छ ।
अर्घाखाँची घर भएका ४३ वर्षीय भुसालको उपचारको क्रममा मृत्यु भएको हो । करेन्ट लाग्दा भवन निर्माणमा दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देही सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् ।
प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी ठगबहादुर केसीले करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु जनाए । घाइते दुवैको अवस्था भने समान्य रहेको उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामूहिक बलात्कार आरोपमा पोखराबाट ३ जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशको बजेट १० प्रतिशतले बढ्ने
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कटहर ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)
-
अस्ट्रेलिया जानेका लागि मेडिकल अप्वाइन्टमेन्ट अब अर्बिटबाट