बुटवलमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
आइतबार, १२ मङ्सिर २०७८, १७ : ०३
बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त भवनमा विद्युत पोलबाट लाइन तान्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण बुटवलका कर्मचारी बसन्त भुसालको मृत्यु भएको जनाएको छ ।
अर्घाखाँची घर भएका ४३ वर्षीय भुसालको उपचारको क्रममा मृत्यु भएको हो । करेन्ट लाग्दा भवन निर्माणमा दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देही सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् ।
प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी ठगबहादुर केसीले करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु जनाए । घाइते दुवैको अवस्था भने समान्य रहेको उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण