नामावली प्रिन्ट गर्दै विष्णु पौडेलले भने– सहमति जुट्यो !
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको र नामहरू टुंगो लागेको बताएका छन् ।
सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुंगो लगाएपछि एमाले नेता पौडेल दोस्रोचोटि नामावली प्रिन्ट गर्न रिसेप्सनमा झरेका थिए । दिउँसोजस्तै नाम प्रिन्ट गरेर उनी अध्यक्ष ओलीलाई देखाउने माथ्लो तल्लामा चढेका छन् ।
प्रिन्ट गरिएको कागजमा अध्यक्ष ‘केपी शर्मा ओली’ लेखिएको छ भने उपाध्यक्ष खाली राखिएको छ । केन्द्रीय सदस्यहरुको नाम प्रिन्ट गर्न झरेका पौडेललाई सञ्चारकर्मीहरूले सहमति जुटेको हो ? भनेर सोधेका थिए । जवाफमा उनले सहमति जुटिसकेको बताए ।

विष्णु पौडेलले नामावली प्रिन्ट गराउनुअघि लाग्दा पार्क सफारी रिसोर्टबाट ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायतका नेताहरु बाहिरिएका थिए । अहिले केपी ओली, शंकर पोखरेल र विष्णु पौडेल मात्रै पार्क सफारी रिसोर्टमा छन् ।
अब केन्द्रीय कमिटीको नाम टुंगो लगाएपछि अध्यक्ष मण्डलको बैठक बस्ने र त्यसपछि बन्दसत्र सुरु हुने नेताहरुले बताएका छन् । यसअघि माइकिङ गरेर साँझ ७ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र राति ९ बज्दासम्म सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण