नामावली प्रिन्ट गर्दै विष्णु पौडेलले भने– सहमति जुट्यो !
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको र नामहरू टुंगो लागेको बताएका छन् ।
सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुंगो लगाएपछि एमाले नेता पौडेल दोस्रोचोटि नामावली प्रिन्ट गर्न रिसेप्सनमा झरेका थिए । दिउँसोजस्तै नाम प्रिन्ट गरेर उनी अध्यक्ष ओलीलाई देखाउने माथ्लो तल्लामा चढेका छन् ।
प्रिन्ट गरिएको कागजमा अध्यक्ष ‘केपी शर्मा ओली’ लेखिएको छ भने उपाध्यक्ष खाली राखिएको छ । केन्द्रीय सदस्यहरुको नाम प्रिन्ट गर्न झरेका पौडेललाई सञ्चारकर्मीहरूले सहमति जुटेको हो ? भनेर सोधेका थिए । जवाफमा उनले सहमति जुटिसकेको बताए ।
विष्णु पौडेलले नामावली प्रिन्ट गराउनुअघि लाग्दा पार्क सफारी रिसोर्टबाट ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायतका नेताहरु बाहिरिएका थिए । अहिले केपी ओली, शंकर पोखरेल र विष्णु पौडेल मात्रै पार्क सफारी रिसोर्टमा छन् ।
अब केन्द्रीय कमिटीको नाम टुंगो लगाएपछि अध्यक्ष मण्डलको बैठक बस्ने र त्यसपछि बन्दसत्र सुरु हुने नेताहरुले बताएका छन् । यसअघि माइकिङ गरेर साँझ ७ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र राति ९ बज्दासम्म सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीए नेपालले थाल्यो ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माण
-
सामूहिक बलात्कार आरोपमा पोखराबाट ३ जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशको बजेट १० प्रतिशतले बढ्ने
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कटहर ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)