१० बुँदे पक्षधर ५ जनाले पाए पदाधिकारी, घनश्याम आउट
नेकपा एमालेभित्रको १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरुमध्ये ५ जना अध्यक्ष केपी ओलीको पदाधिकारी सूचीमा परेका छन् । आज बिहान ओली बन्दसत्रमा प्रस्तुत गरेको नाममध्ये उपाध्यक्षमा ३ र सचिवमा दुई जनाको नाम समेटिएको हो ।
जसअनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे उपाध्यक्षको सूचीमा अटाएका छन् भने सचिवमा योगेश भट्टराई गोकर्ण विष्ट अटाएका छन् ।
तर १० बुँदे पक्षधर नै रहेका घनश्याम भुसाल ओलीको प्रस्तावित पदाधिकारी सूचीबाट आउट भएका छन् । उनले उपाध्यक्षमा दावी गर्दै आएका थिए भने ओली सो पद दिन राजी नभएका हुन् । ओली प्रस्ताव गरेको उपाध्यक्षमध्ये दुई उपाध्यक्ष शाक्य र ज्ञवाली नवौँ महाधिवेशनमा पनि उपाध्यक्ष रहेका थिए । यस्तै भट्टराई र विष्टपनि नवौँ महाधिवेशनबाट निर्वाचित सचिव हुन् । यता, १० बुँदे पक्षधर नै रहेका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण