जुम्लामा बस दुर्घटना, २ जनाको मृत्यु
बुधबार, १५ मङ्सिर २०७८, ११ : २१
जुम्लाको सिँजा गाउँपालि–१ स्थित जाँचमा बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गोठिज्युलाबाट सुर्खेततिर जाँदै गरेको ना.६ ख ४४३८ नम्बरको बसमा सवार कालिकोट घर भएका ३२ वर्षीय विशाल बम र गाडी चालक दैलेख घर भएका ३२ वर्षीय नविन रावलको मृत्यु भएको छ ।
दुर्घटनामा परेर जुम्लाको कनकासुन्दरी गाउँपालिका घर भएका वीरबल घर्ती र ४० वर्षीया उब्जी सार्की गम्भिर घाइते भएका छन् । गाडी सडकबाट १०० मिटर तल खसेको छ । घाइतेहरूलाई उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण