शाक्यको ‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक
कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक ‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक कार्यक्रमका बीच कृति सार्वजनिक गरे ।
कार्यक्रममा कुलपति केके कर्माचार्यले हस्तकलाको ऐतिहासिक महत्वलाई लेखकले पुस्तकमार्फत ल्याउन सफल भएको बताए । पुस्तकले नेपालको हस्तकलाको इतिहासदेखि वर्तमानसम्म चलेका र बनेका विषयको समेत यथेष्ट जानकारी दिएको उनको धारणा रहेको थियो । कुलपति कर्माचार्यले पछिल्लो समय प्रतिष्ठानले खोजमूलक ढंगले पुस्तक प्रकाशन गरिरहेको समेत जानकारी दिए ।
प्रतिष्ठानको हस्तकला विभागले प्रकाशन गरेको पुस्तकमाथि चर्चा गर्दै संस्कृतिविद् डा.गोविन्द टण्डनले नेपाली संस्कृति र कलाको संरक्षण तथा संवद्र्धनका लागि निरन्तर खोज अनुसन्धान हुनुपर्नेमा जोड दिए । उनले लेखक आफै कुशल शिल्पी, कला र संस्कृति विषयका अध्येता भएकाले निकै गहन ढंगले खोज–अनुसन्धान गरी पुस्तक तयार पारेको बताए ।
कार्यक्रममा समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि समीक्षा गर्दै हस्तकलाका विविध पाटालाई बुझ्न र अध्ययन गर्न सार्वजनिक कृति निकै उपयोगी रहेको बताए । प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरे, नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाई शाक्य, प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारलगायतले विमोचित कृतिको बिषयमा आफ्नो धारणा राखेका थिए ।
पुस्तकका लेखक तथा प्राज्ञ धर्मराज शाक्यले पुस्तक लेखनका क्रममा आफूले भोगेका विषयको उल्लेख गर्दै हस्तकलाको महत्व र नेपालको अर्थतन्त्रमा दिएको योगदानका विषयको चर्चा गरे । लेखक शाक्यले नेपालको अर्थतन्त्रमा वार्षिक १२ अर्बभन्दा बढीको व्यापारका हस्तकलाले योगदान दिइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण