पशुपति क्षेत्रमा मदिरा र गाँजा बिक्री तथा सेवन गरे कारवाही
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गरेर भोलि १६ मंसिरमा पर्ने बाला चतुर्दशी पर्वका दिन पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसी बत्ती बाल्ने कार्यक्रम रहेको जानकारी गराउँदै मन्दिर परिसरमा मांस–मदिरा तथा नशालु पदार्थको बिक्री–वितरण तथा सेवन नगर्नरनगराउन अनुरोध गरेका हुन् । साथै, सूचनामा उल्लेख भएकोभन्दा विपरित क्रियाकलाप भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।
बाला चतुर्दशीको दिन रातभर जाग्राम बसी बत्ती बाल्ने र भोलिपल्ट बिहान बाग्मती नदीमा बत्ती विसर्जन गरी पशुपति क्षेत्रका मठ–मन्दिर, देवालय, शिवालय, कैलाश चौर, मृगस्थली, मृगवटिकाको भागलभुगल महादेव लगायका स्थानहरुमा सद्वीज छर्ने कार्यक्रम रहेको जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण