ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !'
भ्रमण वा रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ ? योजना मिलाउँदै हुनुहुन्छ भने यो समय अनुकूल नहुन सक्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ । डेल्टा भेरियन्टको संक्रमणबाट त्राण नपाउँदै साता अघि पत्ता लागेको ओमिक्रोनले त्रास बढाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभरी नै ओमिक्रोनको संक्रमण फैलिन सम्भावना उच्च रहेको जनाएको छ ।
डब्ल्यूएचओले यस भेरियन्टलाई ‘विश्वव्यापी भेरियन्ट कन्सर्न’ घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । ओमिक्रोनको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण