काँग्रेसको गण्डकी प्रदेश अधिवेशनमा संस्थापन इतर पक्षको नाराबाजी
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहमा विवाद भएको छ । कार्यक्रममा संस्थापन पक्षका नेता एवं गण्डकी प्रदेशमा देउवा प्यानलबाट सभापतिका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई मात्र बोल्न दिएको भन्दै संस्थापन इतर पक्षका नेता कार्यकर्ताले नाराबाजीसहित विरोध जनाएका हुन् ।
काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको निर्देशनमा कार्यक्रम सञ्चालकले प्रदेश सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका जोशीलाई मात्र बोल्न दिइएको हो । जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा बोल्न दिइएको भए पनि उनले मन्तव्यका क्रममा आफ्नो लागि मत मागेका थिए । त्यसपछि अन्य आकांक्षीले पनि बोल्न पाउनुपर्ने भन्दै नेता कार्यकर्ताले विरोध गरेका हुन् ।
गण्डकीका सभापतिका आकांक्षीहरु देवराज चालिसे, यज्ञबहादुर थापा, शुक्रराज शर्मा लगायत नेता र कार्यकर्ताहरुले पनि बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।
सभापतिका आकांक्षीमध्येका यज्ञबहादुर थापाले गोपालमान श्रेष्ठको निर्देशनमा जोशीलाई मात्र बोल्न दिइएको आरोप लगाए । उनले उम्मेदवार सबैले बोल्न पाउनुपर्ने भन्दै निर्वाचनमा जित–हार स्वाभाविक भए पनि एउटा उम्मेदवारले बोल्न पाउने र अन्य उम्मेदवारलाई बोल्न बन्देज गर्न नहुने बताए ।
नेता कार्यकर्ताको विरोधपछि सबै उम्मेदवारलाई बोल्न दिनेगरी उद्घाटन कार्यतालिका संशोधन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोफाइनान्सबाट बैंकहरु बाहिरिएर एसएमई कर्जा बिस्तारमा जानुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
-
सलमानको ‘सिकन्दर’ मा रश्मिका मन्डन्नाको इन्ट्री
-
कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, माओवादीका उप्रेती र एमालेका मगर मन्त्री
-
मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी