काँग्रेसको गण्डकी प्रदेश अधिवेशनमा संस्थापन इतर पक्षको नाराबाजी
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहमा विवाद भएको छ । कार्यक्रममा संस्थापन पक्षका नेता एवं गण्डकी प्रदेशमा देउवा प्यानलबाट सभापतिका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई मात्र बोल्न दिएको भन्दै संस्थापन इतर पक्षका नेता कार्यकर्ताले नाराबाजीसहित विरोध जनाएका हुन् ।
काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको निर्देशनमा कार्यक्रम सञ्चालकले प्रदेश सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका जोशीलाई मात्र बोल्न दिइएको हो । जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा बोल्न दिइएको भए पनि उनले मन्तव्यका क्रममा आफ्नो लागि मत मागेका थिए । त्यसपछि अन्य आकांक्षीले पनि बोल्न पाउनुपर्ने भन्दै नेता कार्यकर्ताले विरोध गरेका हुन् ।
गण्डकीका सभापतिका आकांक्षीहरु देवराज चालिसे, यज्ञबहादुर थापा, शुक्रराज शर्मा लगायत नेता र कार्यकर्ताहरुले पनि बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।
सभापतिका आकांक्षीमध्येका यज्ञबहादुर थापाले गोपालमान श्रेष्ठको निर्देशनमा जोशीलाई मात्र बोल्न दिइएको आरोप लगाए । उनले उम्मेदवार सबैले बोल्न पाउनुपर्ने भन्दै निर्वाचनमा जित–हार स्वाभाविक भए पनि एउटा उम्मेदवारले बोल्न पाउने र अन्य उम्मेदवारलाई बोल्न बन्देज गर्न नहुने बताए ।
नेता कार्यकर्ताको विरोधपछि सबै उम्मेदवारलाई बोल्न दिनेगरी उद्घाटन कार्यतालिका संशोधन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण