मुलुकलाई संकटमुक्त बनाउने जिम्मेवारी काँग्रेसकै : प्रकाशमान सिंह
नेपाली काँग्रेसका पूर्व उप–सभापति एवम् बागमती प्रदेश संयोजक प्रकाशमान सिंहले विगतदेखि नै देश र जनताको पक्षमा लड्दै आएको एकमात्र पार्टी काँग्रेस भएकाले मुलुकलाई संकटबाट मुक्त गर्ने जिम्मेवारी पनि काँग्रेसकै भएको बताए ।
उनले नेपाली काँग्रेस बागमती प्रदेश अधिवेशन उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्दै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारको नेतृत्व गर्दा केपी शर्मा ओलीले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको आरोप लगाए ।
काँग्रेसको नेतृत्वमा देशमा शान्ति र संविधान जारी भएकाले आगामी दिनमा पनि काँग्रेस देश र जनताको हितको रक्षामा प्रतिवद्ध रहने उनले बताए ।
‘नेपाली काँग्रेस प्रजातन्त्र संस्थागत गर्न संघर्ष गरेको पार्टी हो, जब मुलुकमा सङ्कटको अवस्था आउछ तब काँग्रेसले निकास दिने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको छ । त्यसैले देश र जनताको हितको रक्षाका लागि काँग्रेस प्रतिवद्ध छ,’ उनले भने ।
नेता सिंहले जंगलमा रहेर बुलेटमा विश्वास गर्ने पार्टीलाई ब्यालेटमा रूपान्तरण गराएर शान्ति प्रकृयालाई ठोस निकास दिन सक्ने काँग्रेसका त्यागी नेताहरुको चाहना अनुसार पार्टी चल्न नसकेको गुनासो पनि गरे ।
उनले काँग्रेसको नेतृत्व परिवर्तनको आवश्यकता रहेकोले मतदाताले भोट दिँदा वीपी, गणेशमान र गिरिजाप्रसादको मूल्य मान्यतालाई अवलम्बन गर्न अनुरोध गरे ।
‘अरूसँग प्रतिस्पर्धा गर्नुपर्ने पार्टी आन्तरिक किचलोमा फस्यो, विपी, गणेशमान, गिरिजाप्रसादको विचार अनुसार पार्टी चल्न सकेन, अब नेतृत्व फेरिनुपर्छ,’ सिंहले भने । मुलुकमा स्थायी शान्तिलाई संस्थागत गर्न नेपाली काँग्रेसको नेतृत्व पंक्ति अब नयाँ सोच र चिन्तनका साथ अघि बढ्न र निर्वाचनलाई स्वच्छ प्रतिस्पर्धामा केन्द्रित बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण