कर्णालीमा काँग्रेस अधिवेशन : डेढ घण्टापछि सुरु भयो मतदान
शनिबार, १८ मङ्सिर २०७८, १३ : ४४
कर्णालीमा निर्वाचन समितिले तोकिएको समयभन्दा साढे एक घण्टा ढिलागरी मात्र काँग्रेस अधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचन कार्यतालिका अनुसार दिउँसो १२ बजेदेखि बेलुकी पाँच बजेसम्मका लागि मतदान समय तोकिएको थियो । तर, मतपत्र डिजाइनमा केही समस्या आएपछि केही परिर्वतन गर्नुपर्ने भएकाले ढिलाई भएको हो ।
निर्वाचन समितिका अनुसार दिउँसो ठिक १ :३० देखि मतदान शुरु भएको छ। कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिड्दै छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही र विमलेन्द्र निधि पक्षबाट मोतिराज बमले उम्मेदवारी दर्ता गराएका छन्।
तीन जनामध्ये युवा नेता भूपेन्द्रजङ्ग शाही अगाडि आउने प्रबल सम्भावना रहेको काँग्रेस वृत्तमा चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण