रुसी राष्ट्रपति पुटिनको भ्रमण : भारत र रुसबीच विभिन्न सम्झौता हुने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।
शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुस बीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्ने जनाइएको छ।
‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर ६ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भारत र रुसको वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्लीको औपचारिक भ्रमण गर्नुहुने’ विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसअघि बताइसकेका छन् ।
शिखर सम्मेलनले क्षेत्रीय बहुपक्षीय र पारस्परिक हितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बागचीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै
-
वामदेव गौतमलाई ओलीको जवाफ : सकारात्मक भावना अगाडि बढाऔँ
-
११ अर्ब डलर खर्चेर ९ वर्षमा बनाइयो पुल, रेल र गाडी चल्दैनन्
-
गण्डकीमा एमालेले पुरानै अनुहार दोहोर्याउने
-
नेप्से परिसूचक घट्दा पनि बोटलर्स नेपाल तराईका लगानीकर्ता मालामाल
-
३ तहका सरकारले दिने बिदामा एकरुपता किन छैन ?