रुसी राष्ट्रपति पुटिनको भ्रमण : भारत र रुसबीच विभिन्न सम्झौता हुने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।
शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुस बीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्ने जनाइएको छ।
‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर ६ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भारत र रुसको वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्लीको औपचारिक भ्रमण गर्नुहुने’ विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसअघि बताइसकेका छन् ।
शिखर सम्मेलनले क्षेत्रीय बहुपक्षीय र पारस्परिक हितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बागचीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण