सर्लाहीमा शेखर निकट अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित, देउवा पक्षको क्लिन स्विप
नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सभापतिका दाबेदार शेखर कोइरालानिकट मानिने उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि सहमहामन्त्रीको उम्मेदवार भन्ने आकाङ्क्षामा धक्का लागेको छ ।
सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति नगेन्द्र रायले रातोपाटीलाई बताए । देउवा निकट रायले भने, 'सर्लाही क्षेत्र नम्बर ४ मा सभापति शेरबहादुर देउवाको प्यानलका सबै महाधिवेशन प्रतिनिधिका उम्मेदवार विजयी हुनुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ को कार्यसमितिमा पनि हाम्रो पक्षले क्लिन स्विप गरेको छ ।'
सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेकोले आफूहरू पराजित हुन परेको सिंह पक्षको आरोप छ । सभापति रायका अनुसार क्षेत्र नम्बर ३ मा उम्मेदवारी फिर्ता लिने समय आज रहेको छ भने क्षेत्र नम्बर १ मा मतगणना जारी छ । क्षेत्र नम्बर २ मा आज बिहान ९ बजेदेखि मतदान सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण