जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित, १६ वर्षपछि सत्ताबाट बाहिरिइन् मर्केल
बुधबार, २२ मङ्सिर २०७८, १५ : ४४
जर्मनीको संसद (बुन्डेस्टाग)ले ओलाफ स्कोल्जलाई चान्सलर निर्वाचित गरेको छ । सोशल डेमोक्रेट ओलाफ बुधबार देशको चान्सलरका रुपमा संसदबाट चुनिएका हुन् । सोशल डेमोक्रेट्स, ग्रीन्स र लिबरल फ्रि डेमोक्रेट्सको गठबन्धनबाट ओलाफ राष्ट्र प्रमुख बनेका हुन् । जर्मनीमा संघीयस्तरमा गठबन्धन सरकार बनेको यो पहिलो पटक हो ।
यससँगै जर्मनीमा एन्जेला मर्केलको युग समाप्त भएको छ । १६ वर्ष शासन गरेकी मर्केल सत्ताबाट बाहिरिएकी छन् । ओलाफको आगमनलाई बर्लिनमा मर्केल नेतृत्वको रुढीवादी शासनको अवसान र जर्मन तथा युरोपीय राजनीतिमा एक नयाँ राजनीतिक युगको सुरुवात भनिएको छ ।
ओलाफको सत्ता गठबन्धनले सामाजिक न्याय, कार्बन उत्सर्जनमा कटौतीका प्रयासमा तीव्रता ल्याउने र वित्तीय अनुशासनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण