साझा उम्मेदवार छान्न चाक्सीबारीमा पौडेल पक्षीय नेताको छलफल
बुधबार, २२ मङ्सिर २०७८, १७ : ०७
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा सभापति लगायतका पदमा उम्मेदवार चयन गर्न काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा चाक्सीबारीमा उनी पक्षीय नेताहरुको छलफल सुरु भएको छ । छलफल केहीबेर अघि मात्र सुरु भएको नेता सिंहको सचिवालयले जनाएको छ ।
छलफलमा संस्थापन पक्षइतका सभापतीका उम्मेद्वारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र डा.शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु सहभागी छन् । बुधबार बिहान पनि सो समुहका नेताहरु साझा उम्मेदवार तय गर्न छलफलमा जुटेपनि सहमति हुन सकेको थिएन ।
उता संस्थापन पक्षले पनि सभापति देउवा निवासमा उम्मेदवार तय गर्न छलफल गरेपनि कुनै विषयमा सहमति जुटाउन सकेको छैन । उम्मेद्वारी दिने समय नजिकिँदै गएका बेला काँग्रेसका नेताहरुको दौडधुप बढ्न पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण