मणिपाल कलेजले बढी शुल्क लिएको विरोधमा प्रदर्शन
पोखराको मणिपाल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले कलेजले अध्ययनरत विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क उठाएको आरोप लगाउँदै कलेज परिसरमा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीबाट असुल गरेको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियुले बुधवार कलेजमा विरोध प्रदर्शन गरेको छ । मणिपाल कलेजले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीबाट अस्वभाविक शुल्क असुल गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको अनेरास्ववियुका गण्डकीका अध्यक्ष प्रकाश पौडेलले वताए ।
उनले शुल्कबारे कलेज प्रशासनले बाहिर नबोल्न विद्यार्थीलाई धम्की दिएकोप्रति आपत्ति जनाए । विरोधमा उत्रिएका विद्यार्थीले मणिपाल प्रशासनको लुटतन्त्र विरुद्ध उभिन आह्वान समेत गरेका छन् । कलेजमा यही मंसिर २० गतेदेखि तालाबन्दी गरेको अखिलले अन्यायमा परेका विद्यार्थीहरुलाई क्याम्पस प्रशासनका विरुद्ध आन्दोलन गर्न आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण