बिनाकसुर ४१ वर्ष जेल सजाय भोगेका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश
भारतको कलकत्तास्थित उच्च अदालतले भारतको जेलमा ४१ वर्षसम्म बिनाकसुर जेलमा बसेर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना ( दिपक जोशी ) लाई क्षतिपूर्तिबापत ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।
उच्च अदालतले मंसिर २१ गते (७ डिसेम्बर) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको हो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा क्षतिपूर्ति जम्मा गर्न आदेश दिएको हो ।
उनी १९ वर्षको छँदा इलामको माई नगरपालिका(१० बाट तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा सन् १९८० मा जेल परेका उनी बिनाकसुर ४१ वर्ष जेल बसेका थिए । गत चैतमा तिम्सिनालाई कोलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले रिहा गर्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण