शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा समूहबाट वागमती प्रदेशमामात्रै ३८ उम्मेदवार

बिहीबार, २३ मङ्सिर २०७८, १३ : १६
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा ३८ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

देउवा पक्षबाट महामन्त्रीमा डा.प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट डीना उपाध्याय, जनजाति तर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा र जनजातीमै मोहन बहादुर बस्नेतले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

त्यसबाहेक केन्द्रीय सदस्य पदका लागि ३४ जनाले उम्मेदवारी दिने प्रचार गरेका छन् । जसमा श्याम घिमिरे, अम्विका बस्नेत, किरण गिरी र विक्रम थापा लगायत छन् ।

को-को छन् प्रतिनिधि ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप