प्रकाशमानले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्ने
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्ने बेलामा शक्ति प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि उनले आफ्नो सचिवालयमार्फत काठमाडौ उपत्यका भित्रका वडा कमिटीका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । कम्तिमा ५ हजार समर्थकसहित उम्मेदवारी दर्ता गर्न लागेको नेता सिंहको सचिवालयले जनाएको छ ।
‘काठमाडौंका सबै वडा कमिटीका क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । अस्पतालमा भएका बाहेक सबैलाई अनिवार्य उपस्थित हुन भनिएको छ’, सिंहको सचिवालय स्रोतले भन्यो, ‘हिँड्नसक्ने जति सबैलाई उपस्थित हुन सर्कुलर पठाइएको छ । को–को उपस्थित हुँदैन उसको नाम टिपोट गर्न भनिएको छ’ सिंह निकट नेता राजन केसीले नेता सिंहले आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दिने स्थानसम्म र्यालीसमेत निकाल्ने तयारी गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण