रामचन्द्रलाई निधिको फोन– महाधिवेशनको उद्घाटनमा सहभागी हुन आग्रह
शुक्रबार, २४ मङ्सिर २०७८, १२ : ०४
काँग्रेस उपसभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेका छन् । नेता पौडेल बिहीबारको केन्द्रीय समितिको बैठकमा सहभागी नभएको तथा आजको महाधिवेशन उद्घाटन समारोहमा समेत उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेललाई फोन गरेका हुन् ।
सो क्रममा निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै सम्मानित नेता पौडेलको सहभागिता जरुरी रहेको बताए । जवाफमा पौडेलले आफू सहभागी हुने बताएको निधिले जानकारी दिए । नेता पौडेल आफू समूहका नेताहरुको बैठकमा समेत सहमतिमा उम्मेदवार चयन हुन नसकेपछि निराश बनेका छन् भने सोही निराशापछि उनले पार्टीबाटै सन्यास लिने अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिपछि पौडेल समूह र पार्टीका बैठकहरूमा अनुपस्थित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण