बालकोटमा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु
शनिबार, २५ मङ्सिर २०७८, १२ : २२
नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।
उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय कमिटीमा मनोनित गर्ने १० प्रतिशत सदस्य समेटिएको थियो । ती प्रस्तावमाथि सचिवालयले छलफल गरेर सर्ट लिस्ट तयार गर्नसक्ने एमाले नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण